जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीति समीक्षाका लागि व्यवस्थापन समितिको बैठक बोलाइयो

मौद्रिक नीति समीक्षाका लागि व्यवस्थापन समितिको बैठक बोलाइयो

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको लागि छलफल गर्न व्यवस्थापन समितिको बैठक बोलाएको छ । आइतबार ३ बजेका लागि गभर्नर डा. विश्वनाथ पौडेलले व्यवस्थापन समितिको बैठक बोलाएका हुन् ।

गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिमा दुबै डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिव रहने व्यवस्था छ ।

कार्यकारी निर्देशकको पहिलो बरियातमा रहेकोलाई व्यवस्थापन समितिको जिम्मेवारी तोकीने गरिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दा हरेक त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ । जस अनुसार मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नका लागि व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

गभर्नर पौडेलले नियमन भन्दा सुपरीवेक्षणमा बढी जोड दिइने विषय उल्लेख गर्दै आएका छन् । अहिलेलाई धेरै नीतिगत फेरबदल नगरी बजारलाई सकारात्मक सन्देश दिने किसिमको मौद्रिक नीति समिक्षा आउने अपेक्षा गरिएको छ ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका