जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंकका CBCO सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराए ।

प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै कर्जा सेवा बनाई कार्यान्वयन गरिने जानकारी दिए ।

साथै, कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई  वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?