जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • आस्बा शुल्कमा सेबोनको फेरि स्पष्टोक्ति

आस्बा शुल्कमा सेबोनको फेरि स्पष्टोक्ति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिने आस्बा शुल्कका विषयमा फेरि स्पष्ट पारेको छ।

सेबोनले आज एक सूचना जारी गर्दै नयाँ आस्बा सेवा शुल्क लागू हुने मितिमा द्विविधा देखिएको भन्दै फेरि स्पष्ट पारेको हो। सेबोनले निर्धारण गरेको नयाँ आस्बा सेवा शुल्क गत भदौ ५ गतेबाटै लागू भएको सूचनामा स्पष्ट पारिएको छ।

सेबोनले ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन)सम्बन्धी निर्देशिका, २०७३’मा तेस्रो संशोधन गर्दै गत भदौ ५ गते लागू हुने गरी नयाँ आस्बा शुल्क निर्धारण गरेको थियो। जसमा अब बैंक तथा वित्तीय संस्थाहरुले आस्बा सेवा प्रदान गरेबापत अधिकतममा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि आस्बा सेवा शुल्कबापत अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था सेबोनले गरेको थियो।

5025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका