जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उद्घाटन भयो ।

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे कार्यक्रम संचालन गरियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ ।

7125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?