जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हामी १७ खर्ब २० अर्बको व्यापार घाटामा छौँ : डेपुटी गभर्नर ढुंगाना

हामी १७ खर्ब २० अर्बको व्यापार घाटामा छौँ : डेपुटी गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले रुस र युक्रेनको युद्धका कारण विश्वकै अर्थतन्त्रमा असन्तुलन सिर्जना भएको बताउनुभएको छ । तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘आयात निषेध कि निर्यात वृद्धि’ विषयमा बोल्दै ढुंगानाले युक्रेन युद्धले विश्वकै अर्थतन्त्रलाई प्रभावित पारेको र नेपाल पनि अछुतो नरहेको बताउनुभयो ।

विश्वभरि नै अहिले उत्पादन घटेको छ, यसमा रुस र युक्रेनको द्वन्द्व र इन्धनको मूल्यवृद्धि प्रमुख कारण रहेको उहाँको भनाइ छ । ‘यसको प्रभाव नेपालमा मात्रै होइन, विश्वका अधिकांश देश र दक्षिण एसियाली राष्ट्रहरूमा समेत देखा परेको छ’ उहाँले भन्नुभयो ।

उहाँले नेपाल हाल वार्षिक १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटाको अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल नेपालको १९ खर्ब २० अर्बको आयात छ भने निर्यात २ सय अर्बको मात्रै छ, त्यो भनेको हामी १७ खर्ब २० अर्बको व्यापार घाटाको अवस्थामा छौँ ।’

चालु खाता घाटाको अवस्था ६ खर्ब २३ अर्ब रहेको र यो कुल गार्हस्थ उत्पादनको १२ प्रतिशतभन्दा माथि रहेको उहाँको भनाइ छ । हाल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब बराबर रहेको उहाँले जानकारी दिनुभयो । विदेशी मुद्रा सञ्चितिमा हाल केही सुधार भएको पनि उहाँको भनाइ छ ।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?