जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कृषि विकास बैकका ग्राहकलाई दोहोरो फाइदा : बढ्यो निक्षेपको ब्याज र लखपति योजनाको प्रतिफल

कृषि विकास बैकका ग्राहकलाई दोहोरो फाइदा : बढ्यो निक्षेपको ब्याज र लखपति योजनाको प्रतिफल

कृषि विकास बैंकले आफ्ना ग्राहकलाई दोहोरो फाइदा दिएको छ। बैंकले बिभिन्न सेवामा छुट दिएर आफ्ना ग्राहकको निक्षेपको ब्याज बढाएको छ भने अर्कोतर्फ लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि पनि घटाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार यही २०७९ आश्विन १ गतेदेखि लागुूहुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो । अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन् ।

साथै वडादशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट सेवामा विशेष छुट प्रदान गरेको छ ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका