जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

बीमित स्व. लोकेन्द्रबहादुर बिष्टको मृत्यु दाबी रकम उनकी श्रीमती कलावती बिष्टलाई आज कम्पनीले भुक्तानी गरेको हो। जसअनुसार कम्पनीका धनगढी शाखा मार्केटिङ प्रमुख योगेन्द्रविक्रम अधिकारीले कलावती बिष्टलाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

लोकेन्द्रबहादुर बिष्टले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत साउन १८ गते साउदी अरेबियामा मृत्यु भएको थियो।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। मार्केटिङ प्रमुख अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।

4130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?