जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • एशियन लाइफको १४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितका एजेण्डा पारित

एशियन लाइफको १४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितका एजेण्डा पारित

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो । सभा मार्फत संचालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पारित गरेका छन् ।

सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्वात सभाले अन्मोदन गरेको छ ।

त्यस्तै, कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभाले गत आथिृक वर्षको हिसाव नगद प्रवाह वित्तीय विवरण लगायतका विविध प्रस्तावहरुमाथि छलफल गरी पारित गेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गरेको थियो। यसको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

 

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?