जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कपन र थिमिमा सानिमा बैंकको शाखा विस्तार

कपन र थिमिमा सानिमा बैंकको शाखा विस्तार

सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ ।

१४ असोजदेखि थिमि र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा गरे ।

उद्घाट कार्यक्रममा मह जोडीले थिमि र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन शुभकामना दिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरे ।

2660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?