जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नाफा ५.९० प्रतिशतले घट्यो

मुक्तिनाथ विकास बैंकको नाफा ५.९० प्रतिशतले घट्यो

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार बैंकले ३१ करोड ३१ लाख ८५ हजार रुपैया नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९० प्रतिशतले घटेको हो । बैंकले गत आवको सोही अवधिमा ३३ करोड २८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । गत आवको सोही अबधिमा बैंकको खराब कर्जा प्रतिशत ०.२३ रहेको थियो भने चालु आवको पहिलो त्रैमासमा ०.७७ प्रतिशत पुगेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी २२.८१ प्रतिशतले बढेको छ ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका