जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हुन्डाई शोरुम भ्रमणमा हात खाली नहुने गरी बोशको सामान जित्ने अवसर

हुन्डाई शोरुम भ्रमणमा हात खाली नहुने गरी बोशको सामान जित्ने अवसर

हुण्डाई नेपालले योमरी पुन्हि तथा उधौली पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कम्पनीले नक्साल र थापाथलीस्थित आफ्ना शोरुमहरुमा शनिबार विभिन्न कार्यक्रम गर्ने लागेको हो ।
कम्पनीको उक्त कार्यक्रममा सहभागी भई शोरुम भ्रमणपश्चात् हात खाली नहुने गरी बोशको सामान घर लैजान सकिनेछ । कम्पनीले उधौली पर्व तथा योमरी पुन्हिको अवसरमा शनिबार विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ। जसमा लाइम योमरी सेसन, लाइभ पोयट्रि, फेस पेन्टिङ, फोटो कन्टेस्ट र सान्टा क्लाउस र अन्य रोमाञ्चक कार्यक्रमहरु आयोजना गर्नेछ ।

उक्त गतिविधिहरुमा सहभागी भई विजेता हुने व्यक्तिलाई बोशको सामान प्राप्त हुने कम्पनीले जनाएको छ ।

हुन्डाई नेपाल हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता हो, जसले नेपालमा ह्युण्डाईका विभिन्न मोडलका गाडीहरु बिक्री गर्ने गर्दछ । साथै हुन्डाई नेपालले गाडी बिक्रीसँगै सर्भिस तथा मर्मत, पेन्टिङ, वित्तीय योजना र लिजिङ तथा ग्राहक सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका