जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको नाफा घट्यो

प्राइम कमर्सियल बैंकको नाफा घट्यो

प्राइम कमर्सियल बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा बैंकको नाफा गत आर्थिक वर्षको यो अवधिको तुलनामा झण्डै १० करोडले घटेको हो ।

गत आर्थिक वर्षको यो अवधिमा ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ करोड ४१ लाख मात्रै नाफा कमाएको हो ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २४.३२ रुपैयाँबाट घटेर १८.७४ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ छ ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ५८ अर्ब ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराब कर्जाको अनुपात ०.६२ बाट बढेर १.८० प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड ८.९० प्रतिशत, आधारदर (बेस रेट) १०.९१ प्रतिशत, सीडी रेसियो ८८.४७ प्रतिशत र स्प्रेडदर ४.३१ प्रतिशत रहेको उल्लेख छ ।

2150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?