जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‍बीमा समितिको नाम ‘नेपाल बीमा प्राधिकरण’ राख्ने सञ्चालक समितिको निर्णय, कार्तिक २२ गतेदेखि लागु हुने

‍बीमा समितिको नाम ‘नेपाल बीमा प्राधिकरण’ राख्ने सञ्चालक समितिको निर्णय, कार्तिक २२ गतेदेखि लागु हुने

बीमा समितिको सञ्चालक समितिले बीमा ऐन २०७९ अनुसार बीमा समितिको नाम परिवर्तन गरी ‘नेपाल बीमा प्राधिकरण’ राख्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले ऐनको कार्यान्वयन गर्दै नाम परिवर्तन गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते बीमा ऐन २०७९ प्रमाणीकरण गरेकी थिइन् । ऐनमै प्रमाणिकरण भएको ३१ औ दिनदेखि लागु हुनेछ भन्ने व्यवस्था भएकाले कार्तिक २२ गतेदेखि मात्रै लागु हुने भएको हो । राष्ट्रिय सभाले ऐन पारित गर्दा यस्तो वाक्यांस थप गरिदिएको थियो ।

बीमा ऐन २०७९ यहि कार्तिक २२ गतेदेखि लागु भए सँगै बीमा प्राधिकरणको स्थापना दिवस पनि कार्तिक २२ गते हुनेछ । बीमा समितिको स्थापना दिवस भने जेठ एक गते हो । बीमा समितिले प्राधिकरणको स्थापना गर्नु अगाडी औपचारिक कार्यक्रम गर्ने तयारी गरेको छ ।

कार्तिक २२ गते पछि बीमा कम्पनीले आफ्नो होडिङवोर्डमा पनि ‘नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त’ भनेर लेख्नु पर्नेछ । अहिले बीमा समितिबाट इजाजत प्राप्त भनेर लेख्दै आएका छन् । ऐनको दफा तीनमा बीमा प्राधिकरणको स्थापना सम्बन्धि व्यवस्था छ । जसमा ‘बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरिएको छ’ भनिएको छ । प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा रहनेछ भने शाखा कार्यालय आवस्यकता अनुसार नेपाल भित्र तथा नेपाल बाहिर स्थापना गर्न सक्नेछ ।

प्राधिकरण सुशासित र संघठित संस्था हो । प्राधिकरण अविछिन्न उत्तराधिकारवाल एक स्वशित र संघठित संस्थाको रुपमा रहनेछ । प्राधिकरणको काम कारबाहीको निमित्त यसको एउटा छुट्टै छाप हुनेछ । प्राधिकरणले व्यक्ति सरह चल अचल सम्पत्ती प्राप्त गर्न, उपभोग गर्न, राख्न बेचविखन गर्न र यस्तै अन्य किसिमले व्यवस्थापन गर्न सक्नेछ ।

प्राधिकरणले आफ्नो नामबाट नालिस उजुर गर्न सक्नेछ र प्राधिकरण उपर पनि सोहि नाममा नालिस उजुर गर्न सक्नेछ । प्राधिकरणले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ । ‍

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका