जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • प्रभु र सञ्चुरी कमर्सियल बैंकबीच मर्जरको अन्तिम समझदारी

प्रभु र सञ्चुरी कमर्सियल बैंकबीच मर्जरको अन्तिम समझदारी

प्रभु बैंक र सञ्चुरी कमर्सियल बैंकले मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा एक समारोहबीच हस्ताक्षर भएको छ। बुधबार दुवै पक्षका मर्जर कमिटिका संयोजकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। पुस भित्र बैंकले एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेको छ। दुवै बैंकबीच बराबर हैसियतमा गाभिने समझदारी भएको छ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट मर्जर समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच गत साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमति भएको थियो। राष्ट्र बैंकले भदौ २० गते मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

चालु आवको पहिलो त्रैमास अनुसार प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ छ। जसमा बैंकले साढे ६ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ। बोनसपछि प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ पुग्नेछ।

यता सञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ छ। बैंकले पनि गत आवका लागि ४.७५ प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको छ। प्रस्तावित लाभांश पछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ।

एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुँदा स्थापना हुने बैंकको संयुक्त चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाघ्नेछ। एकीकृत जगेडा कोष ८ अर्ब ३८ करोड ७० लाख रुपैयाँ र सञ्चित नाफा २ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ पुग्छ। मर्जर पछि स्थापना हुने बैंकको संयुक्त पुँजी ३४ अर्ब ३६ करोड ५४ लाख रुपैयाँभन्दा बढी हुनेछ।

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका