जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले पायाे ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

मुक्तिनाथ विकास बैंकले पायाे ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१, अन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएकाे हाे ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड विभिन्न विधाहरुमा प्रदान गरेकाे थियो । दक्षिण एसिया देशहरबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई संस्थाको मूल्याङ्कन समितिले छनोट गरेकोमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले पनि यो सम्मान प्राप्त गरेको हाे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका