जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सहनायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र गुरु ट्राभल्सका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीको उपस्थिति थियो।

सहमतिबमोजिम गुरु ट्राभल्सले बैंक तथा यसका कर्मचारीलाई अधिकारिक ट्राभल्स पार्टनरका रुपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधा उपलब्ध गराउनेछ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवं भविष्यमा एकअर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताए।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?