जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • स्वास्थ्य सामग्री खरिद अनियमितता छानविन गर्ने जिम्मा अख्तियारलाई

स्वास्थ्य सामग्री खरिद अनियमितता छानविन गर्ने जिम्मा अख्तियारलाई

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई छानविन गरी कारवाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र भन्दै महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको ठहर  समितिले गरेको छ । यसरी खरिद गरिएका सामान गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्था भएकोले यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष समितिले निकालिएको हो ।

समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा गरिएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो । खरिद प्रक्रियामा कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरी कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय आज भएको हो ।

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।  छलफलमा मन्त्री ढकालले खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका थिए ।

यद्यपि समितिका सदस्यहरूले  स्वास्थ्य सामग्री अनियमितताको विषयलाई त्यतिकै टुंगाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए ।

समितिका सदस्यहरू मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा थिए भने सांसद प्रेम आलेले यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको धारणा राखेका थिए ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका