जोडिनुहोस
आइतवार, फाल्गुन ११, २०८१
आइतवार, फाल्गुन ११, २०८१
  • होमपेज
  • दर्ता नभएका मोबाइल पुस १५ देखि नचल्ने

दर्ता नभएका मोबाइल पुस १५ देखि नचल्ने

पुस १५ गतेदेखि अवैद्य रुपमा भित्रिएका मोबाइलहरु नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउन लागेको हो।

एमडीएमएस गत असोज १ गतेदेखि कार्यान्वयनमा ल्याईएको थियो। एक महिनामा नै पूर्ण कार्यान्वयमा ल्याउने प्रतिबद्धतासहित औपचारीक रुपमा कार्यान्वयमा ल्याइएको थियो। तर, प्राधिकरणले परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति प्रतिबद्धता भन्दा करिब ढेड महिना पछि आज (शनिबार) एक सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।

आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल चल्ने छैनन्। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो प्रणाली ल्याईएको हो। साथै यसले चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गर्न पनि प्रभावकारी भुमिका राख्ने छ।

विदेशबाट आउनेले निजी प्रयोगका लागि ल्याएर एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल प्रयोगकर्ताका लागि प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन आह्‍वान गरेको छ।

नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नहुने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ।

साथै बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट एमडीएमएसको प्रणालीमा दर्ता भए वा नभएको हेरेर मात्रै लिन प्राधिकरणले अनुरोध गरेको छ।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?