जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • स्थानीय तहको बैंक खाताको ८० प्रतिशत असारसम्म निक्षेपमा गणना

स्थानीय तहको बैंक खाताको ८० प्रतिशत असारसम्म निक्षेपमा गणना

वाणिज्य बैंकहरूले असारसम्म स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यसअघि अर्थ मन्त्रालयले पुस मसान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो ।

वित्तीय प्रणालीमा तरलता अभावको समस्या कायमै रहेको भन्दै अर्थ मन्त्रालयले आउँदो असारसम्म पुरानै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको अर्थमन्त्रालयले जनाएको छ ।

यसअघि उक्त व्यवस्था पुससम्म मात्र रहेकाले निजी क्षेत्र र बैंकहरुले म्याद बढाउन आग्रह गरेका थिए । सोही आग्रहअनुसार अर्थ मन्त्रालयले थप ६ महिनाका लागि म्याद बढाइदिएको हो । यही व्यवस्थाका कारणले बैंकहरूबाट करिब ४० देखि ४५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट बाहिरिनबाट जोगिएको छ ।

3980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका