जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक रहेको छ। बैंकको पुरानो बोर्डको रङहरु भने परिवर्तन भएको छ।

बैंकको प्रधान कार्यालय टंगाल (अहिले कुमारी बैंक भएको) मा कायम गरिएको छ। एकीकृत कारोबार थाल्दा दुबै बैंकको नजिक-नजिक रहेका केही शाखा बन्द गरिएका छन्।

कुल शाखा संख्या ३५५ हुन्छ। यसमध्ये ५८ स्थानमा शाखा नजिक-नजिक छन्।

दुई बैंक गाभिएपछि नयाँ बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुगेको छ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड पुगेको छ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल भएका छन। उनी एनसीसी बैंकका प्रमुख कार्यकारी थिए। कुमारीका खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका छन्।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका