जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले फागुन ९ गते बुधवार असहाय व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको कम्पनीले जन्मजात अथवा कुनै भवितव्यमा परि आफ्नो हात र खुट्टा गुमाएका व्यक्तिहरुलाई सहयोग प्रदान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका