जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण आइतवार बस्दै

लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण आइतवार बस्दै

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आइतवार (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आईतवार अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको एमओयूको मस्यौदा स्वीकृत गर्ने, डिडिए प्रयोजनार्थ लेखापरीक्षक, मूल्याङ्कनकर्ता नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्यमा संस्थापक र सर्वसाधारण समूहको शेयर लगानी अनुपात ५१ः४९ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस ८ गने बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका