जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई र बीओकेद्वारा मर्जर सन्देशको प्रभातफेरि

ग्लोबल आइएमई र बीओकेद्वारा मर्जर सन्देशको प्रभातफेरि

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्तरूपमा देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन्। मर्जरमा गएको सन्देश दिन यस्तो गरेका हुन्। ग्लोबल र बीओके मर्जरका अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित मुलुकका प्रमुख सहरहरुमा प्रभातफेरि गरिएको छ। ग्लोबल र बीओकेले आगामी सोमबार (पुस २५) देखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन्।

प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत दुई बैंकका एक हजारभन्दा बढी कर्मचारीको उपस्थिति थियो।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिड्दै शहरको मुख्य-मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिर पनि मुख्य-मुख्य शहरमा परिक्रमा गरेका थिए ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ। मर्जरपछि नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले देशको सबैभन्दा ठूलो बैंक बनेको छ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएको ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन्।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ।

1685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका