जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कुमारी बैंकको सारथीसँग सम्झौता

कुमारी बैंकको सारथीसँग सम्झौता

कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गर्नुभयो ।

उक्त सहकार्य पश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् । सोही सहकार्य पश्चात् कुमारी बैंकले पुन ः अत्याधुनिक मन्चबाट ब्रान्डिङ तथा प्राचारिक नवीकरणमा केन्द्रित भएको संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका