जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभुसँग यसकारण भाँडियो मर्जर, अजोड र युनाइटेडबीच यसरी मिल्यो कुरा

प्रभुसँग यसकारण भाँडियो मर्जर, अजोड र युनाइटेडबीच यसरी मिल्यो कुरा

प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गरि युनाइटेड इन्स्योरेन्स कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको छ । मंगलबार बीमा प्राधिकरणमा भएको छलफलपछि अजोड इन्स्योरेन्सले अर्को कम्पनीसँग मर्ज गर्ने सहमति गरेपछि प्रभुसँगको मर्ज टोड्ने सहमति दिएको अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले  जानकारी दिए ।  दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो ।

प्र्रभुसँग मर्ज गर्नका लागि १००ः७०को स्वप रेसियो तय गरिएको भएपनि ड्यूडेलेजेन्स अडिट(डिडिए)मा ६३ मात्र आएपछि अजोड इ्रन्स्योरेन्सले मर्ज गर्न नमानेका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, सहमति भन्दा फरक स्वप रेसियो आएपछि हामी अर्को पार्टन खोज्न बाध्य भयौं । अर्को पार्टनर खोज्दै जाँदा युनाइटेड इन्स्योरेन्ससँग सहमति भएको समेत उनले बताए ।

उक्त दुई कम्पनीका बीचमा हिजो मंगलबार विहान भएको छलफलपछि मर्जर अन्त्य गर्ने सहमति भएको हो । दुवै कम्पनीका प्रतिनिधिहरु मर्जर प्रक्रिया अन्त्य गर्ने चिठ्ठी लिएर बीमा प्राधिकरणमा पुगेका थिए । बीमा प्राधिकरणले छलफल पश्चात मर्जर भाँडिएको औपचारिक चिठ्ठी दिएको हो ।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका