जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ७ बैंक वाणिज्यको नाफा घट्यो, ४ बैंकको ५०% धेरै बढ्यो

७ बैंक वाणिज्यको नाफा घट्यो, ४ बैंकको ५०% धेरै बढ्यो

सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुमध्ये २० बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० बैंकमध्ये ७ बैंकको नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा घटेको छ ।

यस्तै अन्य चार बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् । कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भने वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

समीक्षा अवधिमा १३ वाणिज्य बैंकले नाफा बढाएका छन् । जसमा सबैभन्दा धेरै एभरेष्ट बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा ८९ प्रतिशतले नाफा बढाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६१, नबिल बैंकले ५६ प्रतिशत र नेपाल एसबिआई बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंकको खुद नाफा सर्वाधिक १०९ प्रतिशतले घटेको छ । बैंक चालु आवको ६ महिना अवधिमा करिब १३ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ अर्ब १७ करोड रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गरेपछि बैंकको नाफा ऋणात्मक हुन पुगेको हो ।

चालु आवको ६ महिना अवधिमा अन्य ६ वाणिज्य बैंकहरुको नाफा पनि घटेको छ । यस अवधिमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको पनि नाफा घटेको छ । कोभिड–१९ संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाहरुको प्रवाहित कर्जा असुलीमा सहजता नभई खराब कर्जा बढेको छ । यसरी खराब कर्जा बढेपछि जोखिम व्यवस्थापन बढ्दा बैंकहरुको नाफा प्रभावित भएको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका कृषि विकास बैंक बाहेक अन्य १९ बैंकले ३० अर्ब २६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ती १९ बैंकले गत आवको सोही अवधिमा २५ अर्ब ६६ करोड नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा १७.९५ प्रतिशत खुद नाफा वृद्धि भएको छ । अघिल्लो आवको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख खुद नाफा आर्जन गरेको कृषि विकास बैंकको सम्भावित कर्जा नोक्सनी बढ्दा १३ करोड नोक्सानीमा पुगेको छ ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका