जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई स्पार्क हेल्थ होममा छुट

कुमारी बैंकका ग्राहकलाई स्पार्क हेल्थ होममा छुट

कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होममा छुट पाउने भएका छन् । बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले हाल २९९ शाखा, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?