जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउन्टर पोखरामा संचालनमा आयो

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउन्टर पोखरामा संचालनमा आयो

लक्ष्मी बैंकले पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ। अस्पताल र सेवाग्राहीलाई ध्यानमा राख्दै एक्सटेन्सन काउन्टर राखेको हो। नयाँ एक्स्टेन्सन काउन्टरहरु पोखरा-११ मनिपाल अस्पताल र १७ नम्बर वडामा पर्ने हिमालय आँखा अस्पतालमा राखिएको बैंकले जनाएको छ।

यी एक्स्टेन्सन काउन्टरहरुको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका