जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सले सर्भेयरसँग गर्यो सम्पत्ति शूद्धीकरण सम्बन्धी कार्यक्रम

शिखर इन्स्योरेन्सले सर्भेयरसँग गर्यो सम्पत्ति शूद्धीकरण सम्बन्धी कार्यक्रम

शिखर इन्स्योरेन्सले सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सर्भेयरहरूका लागि मिटिङ्ग आयोजना गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुका लागि सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणू शीर्षकमा मिटिङ्ग सफलतापूर्वक आयोजना गरेको हो ।

मिटिङ्ग २०७९ फागुन १२ गते दिउँसो १ देखि २ः३० बजेसम्म अनलाइन प्लेटफर्म जुम मार्फत सम्पन्न भएको थियो । मिटिङ्गमा सम्पत्ति शूद्धीकरण गर्ने र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण र यसले देश जनतालाइ कसरी फाइदा गर्छ भन्ने विषयमा छलफल भएको थियो।

मिटिङ्गमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सर्भेयरहरुको सहभागिता रहेको थियो । यस कम्पनीका शीर्ष कार्यकारीहरूको अध्यक्षतामा भएको मिटिङ्गमा उनीहरुले विभिन्न विषयवस्तुमा बहुमूल्य धारणा व्यक्त गरे ।

सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए र विषयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण प्रश्नहरू उठाएका थिए । मिटिङ्गमा सम्पत्ति शूद्धीकरण तथा आतड्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुद्दाहरूको बारेमा सर्भेयरहरूलाई चेतना जगाउन मद्दत गर्ने विश्वास रहेको छ ।

उक्त तालिममा सम्पति सुद्धिकरण के हो, सम्पति सुद्धिकरण कसरी गरीन्छ, सम्पति सुद्धिकरण को चक्र, सम्पति सुद्धिकरण किन गर्नुपर्छ , बीमा क्षेत्रमा सम्पति सुधिकरंणको महतो के हो, कानुनी रुपरेखा ,सम्पति सुधिकरंको लागि बीमकहरुले पालन गर्नुपर्ने काम र कर्तव्यहरू, सम्पति सुधिकरंमा सर्भेयरहरुको भूमिकाको बारेमा छलफल गरिएको थीयो।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुलाई सचेत गराउन भविष्यमा पनि यस्ता जानकारीमूलक मिटिङ्गहरु आयोजना गर्न प्रतिबद्ध व्यक्त गरेको छ ।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?