जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २ गतेबाट

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २ गतेबाट

मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले वैशाख २ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। जीवन बीमा कम्पनीको इतिहासमै पहिलोपटक तीन कम्पनीले बिग मर्जर गरेका थिए। गत वैशाख २९ गते मर्जर सहमतिपत्रमा हस्ताक्षर गरेको एक वर्षमा यी कम्पनीहरुले एकीकृत कारोबार गर्न लागेका छन्। मर्जर हस्ताक्षरको ६ महिनाभित्र अर्थात गत कात्तिकमा र माघ भित्र एकीकृत कारोबार गर्ने निर्णय गरेका थिए।

तर, एकीकृत कारोबारका लागि धेरै पटक मिति तोकेपनि एक्चुअरी भ्यालुएसन नसकिँदा पटकपटक सफल हुन सकेको थिएन।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पराजुलीले यी तीन कम्पनीले एकीकृत कारोबार वैशाख २ गते समय निर्धारण गरेको जानकारी दिए। प्राइम र युनियन लाइफको एक्चुअरी भ्यालुएसन सकिइसकेको छ। गुराँसको एक्चुअरी र लेखापरीक्षणमा समस्या देखिएको थियो।

‘अहिले त्यो समस्या पनि समाधान भइसकेको छ,’ उनले भने।

उनका अनुसार विस्तृत लेखापरीक्षणहरु सबै मिलिसेको हुनाले अब कम्पनीहरुले तोकिएको समयभित्र एकीकृत कारोबार गर्ने दाबी गरे। यी तीन कम्पनीले डीडीएका आधारमा स्वाप रेसियो १:१:१ का आधारमा मर्ज हुने निर्णय गरेका छन्। मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुनेछ।

नयाँ बन्ने कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हालको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण रहने छन्। गुराँस लाइका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई चैत मसान्तभित्र चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको छ। जसमा मर्जरपछि यी तीन कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका