जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो ‘क्युआरमा एक हजार बोनस’ अफर

एनएमबि बैंकले ल्यायो ‘क्युआरमा एक हजार बोनस’ अफर

एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआरमा एक हजार बोनस’ अफर ल्याएको छ । बैंकले विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यो अफर ल्याएको हो ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले एक हजार रुपैयाँभन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा एक हजार रुपैयाँको बोनस जित्ने मौका पाउनेछ । यो योजना फागुन १५ गतेदेखि शुरु भइसकेको छ । सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका