जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • धनतेरसमा राष्ट्र बैंकले बेच्यो ६० करोडभन्दा बढीको सिक्का, असर्फी मात्रै ५७ करोडको

धनतेरसमा राष्ट्र बैंकले बेच्यो ६० करोडभन्दा बढीको सिक्का, असर्फी मात्रै ५७ करोडको

काठमाडौं। यसपालिको तिहारमा नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँभन्दा बढी मूल्यका सिक्का बिक्री गरेको छ। राष्ट्र बैंकले चाँदीका १७ हजार ४४४ र असर्फीका १० हजार ४७ थान सिक्का बिक्री गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले धनतेरसलाई लक्षित गरी कात्तिक १९ देखि २४ गतेसम्म चाँदीका सिक्का र असर्फी बेचेको थियो।

महाशाखाले धनतेरसलाई लक्षित गरी २.५, ५ र १० ग्रामका असर्फी तथा १० र २५ ग्रामका चाँदीका सिक्का निकालेको थियो। असर्फी २.५ ग्रामको ३ हजार ७९६ थान, ५ ग्रामको ३ हजार १०१ थान र १० ग्रामको ३ हजार १५० थान बिक्री भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

कात्तिक १९ गते १० ग्रामको असर्फीको मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ थियो। तर २३ गते असर्फीको मूल्य १० ग्रामको १ लाख ४८० रुपैयाँ, ५ ग्रामको ५० हजार २४० रुपैयाँ र २.५ ग्रामको २५ हजार १२० रुपैयाँमा झरेको थियो। सुनको मूल्यमा हुने घटबढ अनुसार असर्फीको मूल्य तय गरिएको थियो।

असर्फी मात्रै ५७ करोड रुपैयाँभन्दा बढी मूल्यको बिक्री भएको छ। असर्फी २५ ग्रामको ३२ करोड १३ लाख, १० ग्रामको १५ करोड ६६ लाख र ५ ग्रामको ९ करोड ६० लाख रुपैयाँको बिक्री भएको हो। यस्तै ३ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री भएको छ।

चाँदीको सिक्का १० ग्रामको करिब साढे १५ हजार वटा बिक्री भएको छ। लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित १०/१० ग्रामका चाँदीका सिक्का बिक्रीमा राखिएको थियो। यस्तै धनतेरसलाई लक्षित गर्दै नयाँ मोडलमा २५ ग्राम र १० ग्रामका गाई छाप सिक्का पनि निकालिएको थियो।

लक्ष्मी अंकित सिक्का ४ हजार ४५२ थान, गणेश अंकित सिक्का ३ हजार ४०० थान, गजलक्ष्मी सिक्का ३ हजार ८१३ थान र गाइ अंकित सिक्का ३ हजार ८०५ थान बिक्री भएको आचार्यले जानकारी दिए।

२५ ग्रामको गाइ अंकित सिक्का १ हजार ९७४ थान बिक्री भएको छ। २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ थियो।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका