जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच साइकोमेट्रिक स्कोरिङ सलुसन सम्बन्धी सम्झौता

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच साइकोमेट्रिक स्कोरिङ सलुसन सम्बन्धी सम्झौता

नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक , अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवर्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसीबीच सम्झौता भई नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो ।

आज भएको सम्झौता बमोजिम यस विधि मार्फत लघु तथा खुद्रा कर्जा लिनेव्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्नसक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ ।

यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुनेविश्वास लिइएको छ । यस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा आईएफसी प्रतिनिधि बीच भएको उक्त सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ, योजना तथा परियोजना विभागका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका