जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • हिमालयन बैंकद्वारा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालन

हिमालयन बैंकद्वारा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालन

हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालनमा ल्याएको छ।

‘सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा’ भन्ने उद्देश्यले बैंकले आफ्नो एटीएम सुविधा उक्त स्थानमा सुरुआत गरेको हो।

बैंकको उक्त एटीएमको उद्घाटन गत शुक्रबारका दिन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रकी अध्यक्ष डा. शान्ता दीक्षितद्वारा गरिएको थियो। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरालगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति थियो।

हाल बैंकले देशभरि रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ।

4655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?