जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट पाउने छन् । यसका साथै उक्त सुविधा कृषि विकास बैंकका कर्मचारी तथा उनीहरुको परिवारले पनि प्राप्त गर्ने छन् ।

आपसी सेवा विस्तार सम्झौता पत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ॐ हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छ्न । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङकोको पनि उपस्थिति रहेको थियो ।

यसका साथै बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागित भएका थिए ।

590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका