

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै नवलपुरस्थित मनकामना आधारभूत विद्यालयमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत सीमान्तकृत विद्यार्थीहरुलाई आर्थिक र सामाजिक रुपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो। शैक्षिक सामग्री वितरणलाई विद्यार्थी र उनीहरुका परिवारहरुले राम्रोसँग स्वागत गरेका थिए र उनीहरुको सहयोगको लागि शाखाप्रति कृतज्ञतासमेत व्यक्त गरे। यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नका लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखामार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ।
सिटिजन्स बैंकले धारापानी शाखासहित देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।