जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

4200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका