जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


अझ डिजिटल बन्दै सञ्चयकोष

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यमबाट गर्न मिल्ने भएको छ।

नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को कनेक्ट आइपिएस इ-पेमेन्टबाट हुने यस्तो भुक्तानीको संकलन हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसी एसिया बैंकमा रहेको कोषको खातामा हुने एनसिएचएलले जारी प्रेस विज्ञप्तीमा छ।

एनसिएचएलको प्रणालीमा आबद्ध ५५ वटा बैंक तथा वित्तीय संस्थाको खाताबाट कनेक्ट आइपिएस हुँदै सञ्चय कोषमा भुक्तानी व्यवस्था मिलाइएको पनि कम्पनीले जानकारी दिएको छ। यसबाट अबदेखि ग्राहकले कर्जा भुक्तानीका लागि कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता हटेको एनसिएचएलले जानकारी दिएको छ।

यसका लागि ऋणीले कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा आफूलाई आवद्ध गराएर सदस्य बैंकमा रहेको खातामा लिन्क तथा भेरिफाई गराएपछि कनेक्ट आइपिएसको वेवपेजबाट कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी आवश्यक विवरण भर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

12485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका