जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बीमा ठगी नियन्त्रण गर्न ‘बीमा सूचना केन्द्र’ स्थापना हुँदै

बीमा ठगी नियन्त्रण गर्न ‘बीमा सूचना केन्द्र’ स्थापना हुँदै

बीमा क्षेत्रका ठगीलाई रोक्न ‘बीमा सूचना केन्द्र’ स्थापना गरिने भएको छ । नेपाल बीमा प्राधिकरण र कम्पनीहरूको संयुक्त लगानीमा वित्तीय क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न स्थापना गरिएको कर्जा सूचना केन्द्रजस्तै बीमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

बीमा क्षेत्रमा हुने ठगीसम्बन्धी तथ्यांक संकलन गरेर प्रकाशन गर्ने उद्देश्यसहित बीमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । उक्त सूचना केन्द्रले बीमा क्षेत्रमा ठगी गर्ने व्यक्ति तथा संस्थालाई अवैधानिक सूचीमा राख्नेछ र उनीहरूलाई बीमा सेवाबाट वञ्चित पनि गराउने योजना रहेको छ ।

1615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका