जोडिनुहोस
बुधबार, मंसिर ५, २०८१
बुधबार, मंसिर ५, २०८१
  • होमपेज
  • कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा, ब्याजदर ११.११% मात्र

कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा, ब्याजदर ११.११% मात्र

कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।

अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिनाझञ्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्साहन गर्नका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत पुग्ने बैंकको दाबी छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका