जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • मौद्रिक नीति खुकुलो हुने वित्तिकै वित्तीय सहजता हुनेछः अर्थमन्त्री डा. महत

मौद्रिक नीति खुकुलो हुने वित्तिकै वित्तीय सहजता हुनेछः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले मौद्रिक नीतिलाई खुकुलो बनाइए अर्थतन्त्र चलायमान हुने दावी गरेका हुन् ।

‘यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं, अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ’ उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो, यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं । यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको भन्दै उनले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय हुनुपर्ने र यी दूबैको लक्ष्य एउटै हुनुपर्ने बताए ।

व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको पनि उनको भनाई छ ।

‘कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, मन्त्री डा. महतले भने, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन ।’

1180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका