जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • रिलायवल नेपाल लाइफले साउन २३ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै

रिलायवल नेपाल लाइफले साउन २३ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २३ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने सर्वसाधारणका लागि आईपीओ निष्काशन जारी गर्न लागेको हो । ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारणले भने बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आवेदन आगामी साउन २३ गतेदेखि २६ गतेसम्म दिन सकिनेछ । तोकिएको सो अवधिमा आवेदन नपरेको खण्डमा भने भदौ ५ गतेसम्म लम्बिनेछ । कम्पनीको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । १० कित्ता सेयर भर्नका लागि २ हजार ५७० रुपैयाँ चाहिनेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका