जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआईएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीका रुपमा सम्झौता नवीकरण

एनआईएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीका रुपमा सम्झौता नवीकरण

नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिस्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ।  सम्झौतामा एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका छन्।  यो नवीकरणले सेयरधनीलाई प्रभावकारी र विश्वासिलो सेयर रजिस्ट्रार सेवा प्रदान गर्नुका साथै एनआईएमबी एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिबद्धतालाई निरन्तरता एवं सार्थकता प्रदान गर्ने दुवै संस्थाले जनाएका छन्।

यी दुवै संस्थाले विगत थुप्रै वर्षदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालासँग निर्वाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन्। यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुका साथै एनआईएमबी एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरुको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको कम्पनीले जनाएको छ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका