जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • भदौका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर,

भदौका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर,

वाणिज्य बैंकले भदौ महिनाका लागि अवधिअनुसार फरक फरक ब्याजदर दिने भएका छन्। बैंकर्स संघले साउनदेखि ब्याजदरको कार्टेलिङ खारेज गरेपछि बकैंहरुले आफैं ब्याजदर तोकेका छन्। अवधिअनसार मुद्दती निक्षेपमा ब्याजदर फरकफरक भएपनि १२ वटा बैंकले बढाएका छन्।

भदौ १ गतेबाट लागू हुने निक्षेपको ब्याजदर बैंक अनुसार फरक फरक छ। नयाँ प्रकाशित ब्याजदर अनसार बैंकले अधिकतम १०.८९ प्रतिशतसम्म ब्याजदर दिने जनाएका छन्। कुमारी, ग्लोबल आईएमई, कृषि विकास, नेपाल, एनआईसी एसिया लगायत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन्।

संस्थागततर्फ यी बैंकले अधिकतम ८.८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन। अवधि अनसार मुद्दतीको ब्याजदर फरकफरक छ। लामो अवधको मुद्दतीमा १०.८९ तथा ३ महिने र एक वर्षभन्दा कम अवधिकोलाई ७.२९ प्रतिशतसम्म ब्याज दिने भनिएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ दिनको मुद्दतीमा ७.२९ प्रतिशत ब्याजदर दिने बताएको छ। त्यसैगरी एनएमबी बैंकले ६ महिनाभन्दा कम अवधिको निक्षेपमा ८.१० प्रतिशत दिँदैछ। एनएमबी, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया लगायत बैंकले भने साउनको तुलनामा ब्याजदर घटाएका पनि छन्।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ। सो बैंकको मुद्दती निक्षेपमा अधिकतम ८.९२ प्रतिशत ब्याजदर छ। संस्थागततर्फ उसले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ। नबिल, एसबीआई र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्।

विकास बैंकहरुले भने भदौमा पनि कार्टेलिङलाई निरन्तरता दिएका छन्। राष्ट्रियस्तरका विकास बैंकले ब्याजदर बढाउँदै कार्टेलिङलाई निरन्तरता दिएका हुन्। उनीहरुले व्यक्तिगत निक्षेपको ब्याजदर ११.१५ र संस्थागततर्फको निक्षेपको ब्याजदर ९.१५ प्रतिशत पुर्‍याएका छन्। राष्ट्रियस्तरका विकास बैंकमा साउनमा व्यक्तिगत निक्षेपमा १०.१० र संस्थागत निक्षेपमा ८.१० प्रतिशत ब्याजदर थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका