जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • केही व्यापारीले कालोधनलाई रेमिटान्समार्फत भित्र्याएर सेतो बनाइरहेका छन्: खतिवडा

केही व्यापारीले कालोधनलाई रेमिटान्समार्फत भित्र्याएर सेतो बनाइरहेका छन्: खतिवडा

पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीहरुले आयात र रेमिट्यान्समार्फत् कालो धनलाई सेतो बनाइरहेको बताएका छन् । आइतबार राजधानीमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले व्यापारीहरुले वस्तुको मूल्यभन्दा बढीको बिल गरेर अर्थात् ओभर इन्भ्वाईसिङ गरी सामान आयात गरेको र सोही रकमलाई रेमिटान्समार्फत् भित्र्याएर सम्पत्ति शुद्धीकरण गरेको दाबी गरे ।

‘अहिले खराब आचरण भएका केही व्यापारीहरुले नेपालबाट सामान आयातको नाममा बढी रकम बाहिर पठाएर त्यसलाई रेमिटान्समार्फत भित्र्याएर सम्पती शुद्धिकरण गर्दै आएका छन्,’ उनले भने ।

व्यापारीहरुले न्यून भन्सार दर भएका सामानको परल मूल्यभन्दा बढीमा विलिङ गरेर आयात गर्दै नेपालबाट बढी रकम विदेश पठाइरहे को उनको आरोप छ । र, त्यस्तो रकमलाई रेमिट्यान्समार्फत फेरि देशमा भित्र्याएर सम्पत्ति शुद्धीकरण गर्दा सफा नियतले काम गरिरहेका व्यवसायीहरु मर्कामा परेको उनको भनाइ छ

व्यापारीहरुले ५ प्रतिशतभन्दा न्यून भन्सार भएको वस्तुमा १ सयमा सामान आयात गर्यो भने १५० मा एलसी खोल्ने काम भइरहेको र त्यस्ता सामान आयातमा परल मुल्यभन्दा बढी विदेशी मुद्रा बाहिरिरहेको उनले दाबी गरे ।

सरकारलाई कर तिरेर व्यवसाय गर्नेहरु मारमा परेको र दुई नम्बरी गर्ने व्यवसायीहरुले ठूलो रकम कमाइरहेको उनले बताए ।

‘सरकारले कतिपय बस्तुको आयात प्रतिबन्ध लगायो तर नेपालमा त्यस्ता वस्तुहरुको कहिल्यै पनि अभाव भएन,’ खतिवडाले भने, ‘त्यसले गर्दा प्रतिस्पर्धाको आभाव भयो र भन्सार तिरेर राम्रो गर्ने व्यवसायीहरु पलायन हुन पुगे भने भन्सारछली गर्ने कालाबजारीहरु मालामाल भइरहेका छन् ।’

यस्तो गलत कार्य रोक्न सरकाररले कडा कदम चाल्नुपर्नेमा सरकार त्यसमा असफल भएको उनको भनाइ थियो । पारदर्शी तवरले व्यवसाय गर्छु भन्नेअरु खराब नियत राखेर व्यवसाय गर्नेहरुको प्रगति देखेर छक्क परेको उनले बताए ।

सरकाले तत्कालै कडा कदम चालेर कालो धनलाई सेतो बनाउने खेला नरोके पारदर्शी तरिकाले व्यवसाय गर्नेहरु टिक्न नसक्ने उनको भनाइ थियो ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?