जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सानिमा बैंकको दराजसँग ‘दराज मन्थली पेडे योजना’का लागि सहकार्य

सानिमा बैंकको दराजसँग ‘दराज मन्थली पेडे योजना’का लागि सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज मन्थली पेडे योजना’अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।

ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रक्रियाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानल (https://www.youtube.com/watch?v=aCHTzUKKO0o&t=8s) मा राखिएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन्।

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका