जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएको छ।

यसै सिलसिलामा बैंकले गत शनिबार शाखा कार्यालय भोटाहिटीमार्फत अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणका लागि सानैदेखि बचतको महत्व र बचत गर्ने बानि बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका कर्मचारीले नानी–बाबुहरुलाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालनसम्बन्धी जानकारी झोलालगायत सामग्री वितरण गरेका थिए।

यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास बैंकले लिएको छ।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका