जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने

महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने

महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ। बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै खाता खोल्न, केवाइसी अद्यावधिक गर्न, नयाँ डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) आवेदन र डिस्प्युट क्लेम जस्ता सेवा पाउने बैंकले जनाएको छ।

बैंकको आधिकारिक वेबसाइटमार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने बताइएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ।

4135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका