जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमई दसैँ अफर ; आठौँ र नवौँ हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर ; आठौँ र नवौँ हप्ताको नतिजा घोषणा

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफर अन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कतार र जापानबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश ः रन्जीत कुमार यादव र दिर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ ।
त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । वहाँहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेताले जनही रू. २५,००० (पच्चीस हजार) प्राप्त गर्नुहुनेछ ।

त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू क्रमशः कतार, कुवेत, बहराइन, मलेशिया, कतार, संयुक्त अरव इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।
त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । वहाँहरूले कतार, संयुक्त अरव इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरव इमिरेट्स र कुवेतबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।
वहाँहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।
बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिनेछ ।

1660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका