जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • भिजि इम्पेक्सको गाडी किन्न ग्लोबल आइएमई बैंकले ऋण दिने

भिजि इम्पेक्सको गाडी किन्न ग्लोबल आइएमई बैंकले ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

4445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?